काठमाडौं - संसद् विघटन र मध्यावधि चुनाव घोषणापछि नेत्रविक्रम चन्द विप्लवले शनिबार आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्थाका लागि अब मध्यावधि होइन, जनमतसंग्रहमा जानुपर्ने माग गरेका छन्।
संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको काम राष्ट्रिय सरोकारको विषय भएकाले विप्लवले आफ्ना धारणा सार्वजनिक गरेको जानकारी उनले दिएका छन् । संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने र यो सफल हुँदैन भन्ने आफ्नो पार्टीको निष्कर्ष सही सावित भएको दावी उनको छ ।
‘शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ’ विप्लवले भनेका छन्, ‘यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो।’
फेरि पनि संसदीय व्यवस्थाकै लागि निर्वाचन घोषणा गर्नु समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र भएको ठहर विप्लवले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।