आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जलवायु परिवर्तनको मुद्दामा लड्ने बेलायत र भारतबीच समझदारी 

जलवायु परिवर्तनको मुद्दामा लड्ने बेलायत र भारतबीच समझदारी 

  • मिडिया डबली
  • बिहिवार, जेठ ६ २०७८

  • 5.1K
    SHARES

  • जलवायु परिवर्तनको मुद्दामा लड्ने बेलायत र भारतबीच समझदारी 

    लन्डन - संयुक्त अधिराज्य बेलायतले जलवायु परिवर्तनको मुद्दामा लड्नका लागि भारतसँग समझदारी भएको बताएको छ । भारत र बेलायले मंगलबार घोषणा गरेको रोडम्याप २०३० मा दुबै मुलुकले जलवायु परिवर्तनको मुद्दामा संयुक्तरुपमा अघि बढ्ने बताइएको छ । 

    दुबै मुलुकले वनजंगलको संरक्षण, नवकरणीय उर्जाको प्रयोग, कार्बन उत्सर्जन न्युनीकरणलगायतका विषयमा संयुक्तरुपमा पहल गर्ने सहमति भएको जनाइएको छ । यही वर्ष बेलायतले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ को संयुक्त राष्ट्र संघीय सम्मेलनको आयोजना गर्नेसमे तयारी गरेको छ । 

    भारत र बेलायतबीच भएको जलवायुसम्बन्धी समझदारीपछि कोप२६ का प्रमुख आलोक शर्माले यस निर्णय जलवायु परिवर्तनलाई रोक्ने पहलमा ठूलो योगदान पुग्ने बताएका छन् । उनले दुबै मुलुकबीचको सहमतिलाई स्वागत गर्दै खुसी व्यक्त गरेका हुन् । 

    उनले भने, भारत र बेलायतबीचको लामो द्विपक्षीय सम्बन्धले विश्वलाई नै उत्प्रेरित गर्ने गरेको छ । बेलायत र भारतबीच जलवायु परिवर्तनविरुद्ध लड्ने सहमतिले खुसी बनाएको छ । यसले जलवायु परिवर्तनको नियन्त्रणको प्रयासमा थप ठूलो योगदान पुग्ने भएको छ । 

    बेलायती अधिकारीहरुले भारतीय प्रहरीसँगको सहकार्यमा मानव तस्करहरुको समूहलाई निस्तेज पार्नका लागि विशेष अप्रेसन सञ्चालन गर्ने भएको छ । 

    यससँगै अवैध आप्रवासनको समस्यालाई पनि समाधान गर्न दुबै मुलुक सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी बोरिस जोनसनबीच भएको भर्चुअल संवादका क्रममा मानव तस्करी अहिलेको मुल समस्या भएको र यसको जाललाई तोड्नका लागि पहल गर्ने सहमति भएको हो । 

    दुबै मुलुकबीच २०३० रोडम्यापमा सहमति भएपछि अपराध, व्यापार, स्वास्थ्य, जलवायु परिवर्तन, आप्रवासन, शिक्षा, विज्ञान र रक्षा क्षेत्रमा काम गर्ने समझदारी भएको हो । सन् २०३० सम्म दुबै मुलुकले आपसी हित र विश्वव्यापी प्रभावका विषयमा पनि छलफल गरेका छन् । 

    युरोपियन युनियनबाट अलग भएको बेलायतले एसिया क्षेत्रमा आफ्नो व्यापारलाई बढाउन चाहिरको छ । यस्तो अवस्थामा बेलायतका लागि भारत नै उपयुक्त मुलुक भएका कारण बेलायतले यस्तो सहमति गरेको हो । यससँगै दुबै मुलुकहरुले विश्वभर बढ्दै गरेको चिनियाँ प्रभावलाई रोक्नका लागि पनि पहल गर्ने सहमति भएको छ । 

    बेलायती प्रधानमन्त्रीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, १० वर्षको अवधिमा दुबै मुलुकमा नागरिकबीचको सम्पर्क, आर्थिक, व्यापारिक, रक्षा तथा सुरक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्र थप बलियो हुनेछ र मुलुकहरुको सम्बन्ध गहिरो बन्दै जानेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend