एजेन्सी - संसारभर कोरोना भाइरसले तवाह मच्चाउँदै गएका बेला छिमेकी देश भारतले नयाँ औषधि उत्पादन गरेको छ । कोभिड–१९ विरुद्धको पाउडर औषधि सार्वजनिक भएको छ ।
भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ) ले उत्पादन गरेको औषधि भारती रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्षवद्र्धनले सोमबार सार्वजनिक गरेको समाचार संस्था एएनआईले जनाएको छ । औषधिको नाम २ डिओक्सि–डी–ग्लुकोज दिइएको छ ।
भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि बिकास गरेको हो । २ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ ।
धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ ।
कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।