आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महामारीमा अनौठो निर्णय : सबै विद्यालयले जेठ २० गतेभित्रै वार्षिक परीक्षा लिइसक्नुपर्ने, पढ्नुहोस् निर्देशन

महामारीमा अनौठो निर्णय : सबै विद्यालयले जेठ २० गतेभित्रै वार्षिक परीक्षा लिइसक्नुपर्ने, पढ्नुहोस् निर्देशन

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 6.7K
    SHARES

  • महामारीमा अनौठो निर्णय : सबै विद्यालयले जेठ २० गतेभित्रै वार्षिक परीक्षा लिइसक्नुपर्ने, पढ्नुहोस् निर्देशन

    काठमाडौं – राजधानीको केन्द्र काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमण धेरै बढिरहेका बेला काठमाडौं महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयले जेठ २० गतेभित्र वार्षिक परीक्षा लिइसक्नुपर्ने निर्णय गरेको छ ।

    महानगर भित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ सालको वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरपालिकाको शिक्षा विभागले निर्देशन दिएको छ ।

    परीक्षा अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट प्रश्नपत्र पठाएर वा विद्यालय अनुकूल हुने गरी गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

    जेठ २० गतेभित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो हप्ताबाट नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय महानगरले गरेको छ ।

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आईतबार सूचना निकालेर ८ कक्षाको नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने समेत जनाएको छ ।

    कोरोना संक्रमणको महामारीका बेला सरकारको ध्यान संक्रमण रोकथाम र उपचारमा हुनुपर्ने बेला कोरोना जोखिम बढ्ने गरी परीक्षा सञ्चालन र नयाँ शैक्षिकसत्र सुरू हुने निर्णय गरिनुलाई अनौठो मानिएको छ । केन्द्र सरकारले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

    यस्तो छ सूचना –

    ex.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०३:११:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend