सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बस्नेतको परोपकारी घोषणा : कोभिड र अन्य बिरामी बोक्न एम्बुलेन्स, सबै खर्च आफैंले बेहोर्ने

कांग्रेस नेता बस्नेतको परोपकारी घोषणा : कोभिड र अन्य बिरामी बोक्न एम्बुलेन्स, सबै खर्च आफैंले बेहोर्ने

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 6.6K
    SHARES

  • कांग्रेस नेता बस्नेतको परोपकारी घोषणा : कोभिड र अन्य बिरामी बोक्न एम्बुलेन्स, सबै खर्च आफैंले बेहोर्ने

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफूले प्रयोग गर्दै आएको निजी कार एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।

    सो गाडी एक वर्षसम्म कोरोना भाइरस र अन्य रोगका विरामीहरुलाई अस्पताल पुर्याउन एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने उनले घोषणा गरेका हुन् । 

    कोरोना भाइरसको माहामारी नियन्त्रणमा राज्य चुकेको अवस्थामा कांग्रेसको खेलकुद विभाग प्रमुखसमेत रहेका नेता बस्नेतले महामारीबाट सिन्धुबासीलाई बचाउन व्यक्तिगत रुपमा उक्त निर्णय लिएका हुन् । 

    पूर्वमन्त्री बस्नेतले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् । यसैगरी, उनले सिन्धुपाल्चोकमा निःशुल्क कोभिड १९ सेवा केन्द्र सञ्चालन गर्ने घोषणासमेत गरेका छन् ।

    ‘म संग भएको एउटा गाडी (जीप) सिन्धुपाल्चोक जिल्लामा कोभिड–१९ या अन्य रोग लागेका विरामीहरूलाई अस्पताल पुर्याउन दिने निर्णय गरेको छु । जुन गाडी आफूले फिर्ता नलिने गरी दिने हो। कोभीड–१९ को महामारीलाई ध्यानमा राखी एक वर्षसम्म सवारी चालकको तलब, भत्ता, गाड़ीको फ्युल (डिजेल) समेतको ब्यबस्था गर्नेछु । विरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन । एउटा सञ्चालक समिति बनाएर यी सबैको ब्याबस्था गरिने छ । यथासीघ्र गाडी हस्तान्तरण गरि सेवा सुचारु हुनेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend