आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर लकडाउन गरेर स्वास्थ्य संकटकाल घोषणाको तयारी

देशभर लकडाउन गरेर स्वास्थ्य संकटकाल घोषणाको तयारी

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 5.0K
    SHARES

  • देशभर लकडाउन गरेर स्वास्थ्य संकटकाल घोषणाको तयारी

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ ।

    सोमवार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठक बसेपनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका पे्रस सल्लाहकार गणेश पाण्डेले बताएका छन् ।

    कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    त्रिपाठीका अनुसार प्रस्तावमा स्वास्थ्य संकटकाल घोषणा गरी केही समयका लागि देशैभर लडकाउन गर्ने उल्लेख गरिएको छ । ‘अहिलेको स्थितिले केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरुले सुझाव दिएका छन्,’ मन्त्री त्रिपाठीले भने ।

    प्रस्ताव सोमवार साँझसम्म मन्त्रिपरिषद्मा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

    कोरोना संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यिनको मृत्यु कहिले–कहिले भएको भन्ने भने मन्त्रालयले खुलाएको छैन । यीमध्ये ७४ जनाको मृत्यु बितेको २४ घण्टामा भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताएका छन् । मृत्यु भएकामध्ये धेरैजसो काठमाडौं उपत्यकाभित्रका रहेका उनले बताए ।

    चैतको अन्तिम हप्तायता कोरोनाबाट ८६५ जनाको मृत्यु भइसकेको छ । दोस्रो लहरको कोरोना संक्रमण हवात्तै बढेपछि समुदायमा रहेका वृद्ध, दीर्घरोगी र धेरै रोग भएका व्यक्तिको मृत्यु भएको केन्द्रका प्रमुख डा. पौडेलको दाबी रहेको छ ।

    चिकित्सकले भने अस्पतालमा आइपुगेका बिरामीको पनि कोभिड निमोनियामा चाहिने आवश्यक अक्सिजन तथा हेरचाहको अभावमा मृत्यु हुने गरेको जनाएका छन् । वीर अस्पतालका फिजिसियन डा. धु्रव गैरेका अनुसार अस्पतालमा पुगेका ९० प्रतिशत बिरामी अक्सिजन चाहिने र धेरै आईसीयू चाहिने अवस्थाका रहेका छन् । अक्सिजन र आईसीयू दुबै नपुगेपछि कुर्दाकुर्दै मृत्यु हुन्छ । यसरी मृत्यु हुनेमा रोग नभएका युवा समेत रहेका छन् । कोभिडले छोटो अवधिमै कडा निमोनिया बनाएर मृत्यु भएको उनले बताएका छन् । निमोनिया भएका बिरामीका लागि अस्पतालमा पर्याप्त अक्सिजन र आईसीयू छैनन् ।

    कोभिडको सुरूकै अवस्थामा अस्पताल पुगेमा धेरैलाई बचाउन सकिन्छ । कोभिड–१९ नयाँ भेरियन्ट संक्रमण भएको ५–७ दिन भित्रमा निमोनिया हुन्छ । यो चरणमै अस्पताल पुगेर आफ्नो स्वास्थ्य परीक्षण गराएमा, खोकी, ज्वरोको लक्षण देखिन थालेको २–३ दिनमै स्वास्थ्यकर्मीको सुझावमा मात्र औषधि सेवन गरेमा धेरैलाई संक्रमणबाट बचाउन सकिने वीर अस्पतालका फिजिसियन डा. गैरे बताउँछन् ।

    गैरेका अनुसार सुरूमै उच्च ज्वरो र अक्सिजन घट्न थालेको अवस्थामा स्टेरोइड औषधिले पनि निमोनिया घटाउनमा सहयोग गर्छ । त्यसैगरी कोरोनाको लक्षण देखिएमा छातीको एक्सरे गरेर निमोनिया भए/नभएको हेरेमा समयमै उपचार गर्न सकिन्छ । निमोनिया नभएको अवस्थामा ज्वरो घटाउन सिटामोल सेवन गर्न सकिने जनाइएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend