बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा २६ सांसद कोरोना संक्रमण पुष्टि

नेपालमा २६ सांसद कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 4.2K
    SHARES

  • नेपालमा २६ सांसद कोरोना संक्रमण पुष्टि

    काठमाडौं – जनस्तरमा कोरोना भाइरस संक्रमणको महामारी व्यापक फैलिएका बेला प्रतिनिधि सभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते बोलाइएको प्रतिनिधिसभा अधिवेशनअघि गरिएको सांसदको पीसीआर परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ ।

    संघीय संसद सचिवालयले वैशाख २२, २३ र २४ गते २०५ जना सांसदको पीसीआर संकलन गरेको थियो । जसमध्ये १९ जना सांसदमा कोरोना संक्रमण भएको रिपोर्ट आएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् । १९ जना सांसदमध्ये १ जना राष्ट्रियसभा र बाँकी १८ जना प्रतिनिधि सभाका रहेको जनाइएको छ ।

    संघीय संसदसँग सम्बन्धित १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएकोमा १६० जनामा कोरोना पुष्टि भएको प्रवक्ता पाण्डेले बताए । जसमा सांसद संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिवहरु, सुरक्षाकर्मी, संसद बिटमा रिपोर्टिङ गर्ने पत्रकार र संसद भवन नयाँबानेश्वरका कर्मचारी समेत रहेका छन् ।

    सचिवालयले गर्नुअघि नै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई कोरोना पुष्टि भइसकेको थियो । सांसदहरु झलनाथ खनाल, बिना मगर, रघुवीर महासेठ, सुरेशकुमार राई, सुरेन्द्र कार्की (राम कार्की), मन्त्री जुलिकुमारी महतलगायत ८ जनालाई समेत कोरोना संक्रमण भएको संसद सचिवालयले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend