बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा यस्तो डरलाग्दो देखियो कोरोना, ठूल्ठूला नेताको ‘पावर’ चल्दैन !

नेपालमा यस्तो डरलाग्दो देखियो कोरोना, ठूल्ठूला नेताको ‘पावर’ चल्दैन !

  • मिडिया डबली
  • शनिवार, बैशाख १८ २०७८

  • 6.4K
    SHARES

  • नेपालमा यस्तो डरलाग्दो देखियो कोरोना, ठूल्ठूला नेताको ‘पावर’ चल्दैन !

    काठमाडौं – देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । हाल देशभरका अधिकांश अस्पताल भरिभराउ छन् ।

    देशभर ४४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ३३१ जना आईसीयू र ११५ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।

    अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् । ठूल्ठूला नेताहरूले फोन गर्दा समेत उपचार मिलिरहेको छैन ।

    केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचना समेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । 

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रवार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ । भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुपर्‍यो ।’

    सबैभन्दा धेरै बाग्मती प्रदेशमा आईसीयूमा १४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत रहेका छन् । १ नम्बर प्रदेशमा ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, २ नम्बर प्रदेशमा ९ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    लुम्बिनी प्रदेशमा ८४ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आईसीयू र ७ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै सचेत रहन आमसर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध नहुने अवस्था आइसकेको बताएको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले संक्रमण फैलिने दर डरलाग्दो गरी अघि बढिरहेको बताएका छन् ।

    देशभर गम्भीर प्रकृतिका संक्रमित बढ्दै गएपछि बिरामीलाई सकस हुन थालेको छ । अहिले शय्या पाउन गम्भीर संक्रमितलाई हम्मेहम्मे परेको छ । शय्या पाउन कि मृत्यु कि डिस्चार्ज कुर्नुपर्ने अवस्था छ । २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण उच्च दरमा फैलिरहेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल समेत गरेको छ ।

    मास्क लगाउने भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कुनै पनि मार्गबाट देशविदेश जाने आउने वा आन्तरिक बाहय पर्यटनका लागि कहीँकतै जाने काम पूर्णरुपमा नगर्न नगराउनुहुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भीडभाड गर्ने काम बन्द गर्न गराउन पनि आग्रह गरेको छ । 

    शुक्रबार देशभर थप ५ हजार ७२७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

    देशभर कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।

    देशभर ५५ जना व्यक्ति क्वारेन्टीनमा रहेका छन् । शुक्रवार देशभर ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend