काठमाडौं – सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा कडाइ गर्न नयाँ निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारतसँगका ३५ सीमा नाकामध्ये १३ वटा नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गरिएका छन् ।
सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।
बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ । बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको छ ।
उद्योगधन्दा सञ्चालन गर्ने भए मजदुर कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।
बैठकले निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय गरेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।