आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर यी १३ जिल्लामा ‘लकडाउन’

देशभर यी १३ जिल्लामा ‘लकडाउन’

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 4.8K
    SHARES

  • देशभर यी १३ जिल्लामा ‘लकडाउन’

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा ३ जिल्लामा आंशिक निषेधाज्ञा (लकडाउन) जारी गरेको छ ।

    संक्रमण गति तीव्र रुपमा फैलिँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत् मंगलवार साँझसम्म गरी १० जिल्लामा पूर्ण तथा ३ जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको छ ।

    गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलवार रातिसम्म १० जिल्लामा पूर्ण तथा ३ जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी भएको छ ।

    कास्की बाहेकमा जिल्लाभर पूर्ण रुपमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । तर कास्कीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । 

    बर्दिया, बागलुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ५ र ६, बाँसगढी नगरपालिका बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिका जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । ठाकुरबाबा नगरपालिका बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिका राजापुर मानपुर टपरा बजार क्षेत्रमा समेत निषेधाज्ञा छ ।

    यस्तै, बढैयाताल गाउँपालिका भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिका शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाग्लुङले नगरपालिका–३ र कालिकोट खाँडाचक्र नगरपालिका–११ मा निषेधाज्ञा जारी गरेको छ ।

    मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सीसीएमसी सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । सोही निर्णयका आधारमा गृह मन्त्रालयले मंगलवार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend