काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएपछि सरकारले राजधानी काठमाडौं उपत्यकामा वैशाख महिनाभर लकडाउन (निषेधाज्ञा) गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीनै वटा सीडीओ कार्यालयले गरेको १ हप्ताको लकडाउनमा १ हप्ता थप गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था हेरेर लकडाउनको अवधि थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।
बैठकमा नेपाल–भारत सीमालाई बन्द र कडाइ गर्नेबारे समेत छलफल भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।