नयाँ दिल्ली - भारतमा कोरोना महामारीपछिको अर्थतन्त्र सुधारको दिशामा देखिएको छ । आर्थिक वर्ष २०२१ को पहिलो तीन महिनामा बैंक ऋण लगानी ५.५६ प्रतिशत र निक्षेप संकलन ११.४ प्रतिशतले वृद्धि भएको भारतीय रिजर्भ बैंकले जनाएको छ ।
सन् २०१९-२० मा ऋण लगानी ६.१ प्रतिशत र निक्षेप संकलन ७.९ प्रतिशत रहेको थियो । भारतीय रिजर्भ बैकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भारतीय बैंकहरुले ऋण लगाीनमा १०७ बिन्दुले ब्याजदर घटाएको छ ।
प्रतिवेदनमा भनिएको छ, "सन् २०२० को फेब्रुअरीदेखि सन् २०२१ को फेब्रुअरीसम्म १०७ बिन्दुले ऋण लगानी गर्दा ब्याजदर घटाइएको छ । रिजर्भ बैंकले जोखिमलाई न्युनिकरण गर्दै निरन्तर बढी तरलताको पार्किङका कारण ऋण लगानीमा वृद्धि भएको हव ।"
आर्थिक वर्ष २०२२ मा बैंकको ऋण लगानी वृद्धि हुने सम्भावना रहेको बताइएको छ ।
यद्यपि, कोरोना महामारीको जोखिम तीव्ररुपमा वृद्धि भइरहेको र फेरि लकडाउन गर्ने स्थिति सिर्जना भएमा उद्योगधन्दाहरु प्रभावित हुनसक्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।