आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एकैपल्ट १ महिने लकडाउन गर्नतिर लाग्यो सरकार, काठमाडौं ठप्प पार्ने तयारी

एकैपल्ट १ महिने लकडाउन गर्नतिर लाग्यो सरकार, काठमाडौं ठप्प पार्ने तयारी

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 8.7K
    SHARES

  • एकैपल्ट १ महिने लकडाउन गर्नतिर लाग्यो सरकार, काठमाडौं ठप्प पार्ने तयारी

    काठमाडौं – नयाँ भेरियन्टसहित खतरनाक कोरोना भाइरस संक्रमणको महामारी फैलिँदै गएपछि सरकारले राजधानी काठमाडौं उपत्यकामा १ महिना लकडाउन गर्ने तयारी थालेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणबाहिर जान लागेकाले १ महिना लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।

    यसअघि समेत स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार नै विद्यालय बन्दको निर्णय भएको थियो । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न नचाहेपनि स्वास्थ्य मन्त्रालयको दबाबपछि सरकारले विद्यालय बन्दको निर्णय लिएको थियो ।

    लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको सुझाव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा आएपनि निर्णय नभएको स्रोतले जनाएको छ । आज शुक्रबार अपराह्न ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएर लकडाउनबारे निर्णय लिने जनाइएको छ ।

    कोरोना महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेकाले लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्नु नै पर्ने सुझाव मन्त्रालयले सीसीएमसीलाई दिएको छ ।

    लकडाउनको सुझावबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएपछि सरकारले आवश्यक निर्णय लिने भएको छ ।

    यसअघि पहिलो लहरको कोरोना संक्रमणका बेला सरकार सरकारले महिनौंसम्म लकडाउन गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०६:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend