बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बालुवाटारभित्र भइरहेका डरलाग्दा कर्तुतको माओवादीले गर्‍यो पर्दाफास

बालुवाटारभित्र भइरहेका डरलाग्दा कर्तुतको माओवादीले गर्‍यो पर्दाफास

  • मिडिया डबली
  • मंगलवार, बैशाख ७ २०७८

  • 7.3K
    SHARES

  • बालुवाटारभित्र भइरहेका डरलाग्दा कर्तुतको माओवादीले गर्‍यो पर्दाफास
    फाइल तस्वीर

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्का बैठक बस्छन् र विभिन्न नियम जारी हुन्छन् । तर बालुवाटारभित्रै डरलाग्दा हर्कत समेत भइरहेका नेकपा माओवादी केन्द्रले पर्दाफास गरेको छ ।

    कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो । तर निर्णय भएको भोलिपल्टै त्यही बालुवाटारमा तोकिएकोभन्दा बढी व्यक्ति सहभागी भए । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमै स्वास्थ्य मापदण्ड उल्लंघन भएकोप्रति आपत्ति जनाएको छ ।

    पार्टीको मंगलवार बसेको स्थायी कमिटी बैठकले आmेी सरकारलाई आफूले घोषणा गरेका आचरणलाई लागू गर्न आग्रह समेत गरेको छ । 

    कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति सरकार गम्भीर नभएको भन्दै मन्त्रिपरिषद् बैठकले घोषणा गरेका आचरणहरु आफूमा लागू गर्न माओवादी बैठकले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    ‘अहिले देशमा फेरि कोभिड–१९ को दोस्रो लहरले तीब्ररूप लिन थालेको छ । यस सन्दर्भमा हाम्रो पार्टीले सम्पूर्ण पार्टीका नेता, कार्यकताहरूलाई सहजीकरण र सहयोगका कामहरूमा संलग्न भएर संक्रमणबाट बच्न र सिंगो समाजलाई संक्रमणबाट बचाउन वा संक्रमितहरूलाई सहयोग गर्न निर्देशित गरेको छ,’ उनले भने, ‘यस सन्दर्भमा सरकारले आफैंले गरेको निर्णयहरूको विरुद्ध आचरण गरेकोमा सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएका कुराका निम्ति हामीले दुःख पनि प्रकट गरेका छौं । आफैंले घोषणा गरेका सम्पूूर्ण आचरणहरुलाई लागू गर्न सरकारलाई हामीले आह्वान पनि गरेका छौं ।’

    देशभर २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारी मापदण्डलाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार श्री सीताराम शोभा रथयात्रा स्थापना समारोहका नाममा प्रधानमन्त्री केपी ओलीले उल्लंघन गरेको पाइएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend