काठमाडौं – कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको जोखिम बढेपछि सरकार रोकथामका लागि संक्रमण बढी भएका क्षेत्रका विद्यालय सँगसँगै अन्य विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरूमा बैशाख महिनाभर शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले विद्यालय सँगसँगै रात्रिकालीन व्यवसाय, जिमखाना, सिनेमा हल, रंगशाला, पार्टी प्यालेस लगायत भीडभाड हुने क्षेत्रहरू बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिस अनुसार जोखिम नियन्त्रणका लागि विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयपछि जोखिमको मात्रा हेरेर जिल्लास्थित डीसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरू बन्द हुने शिक्षामन्त्री श्रेष्ठले बताएका छन् । विद्यालय बन्द भएपनि वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा सञ्चालन हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।