बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालको कोरोनामा नयाँ रेकर्ड !

नेपालको कोरोनामा नयाँ रेकर्ड !

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 4.8K
    SHARES

  • नेपालको कोरोनामा नयाँ रेकर्ड !

    काठमाडौं – कोरोना भाइरस संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

    कोरोनाकै कारण ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।

    केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बुधवार संक्रमण दर १२.७२ प्रतिशत, बिहीवार १२.८६ प्रतिशत र शुक्रवार १४.६१ प्रतिशत थियो । शनिवार १४ प्रतिशत रहेकामा आईतवार १८.९५% पुगेको छ । संक्रमित हुनेमा नेपालगञ्ज र काठमाडौंमा बढी रहेका छन् ।

    आईतवार काठमाडौंमा ३२६ र बाँकेमा १६३ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै रहेका छन् । विद्यालय तहका बालबालिका संक्रमण हुनेक्रम समेत बढ्दै गएको छ । १९ वर्षमुनिका संक्रमित करीब १० प्रतिशत रहेका छन् ।

    बुधवार ७० बालबालिकामा संक्रमण पुष्टि भएको थियो । संक्रमित बालबालिकाको संख्या बिहीवार ५२, शुक्रवार ८१ र शनिवार ८९ रहेको थियो । आईतवार बढेर ११२ पुगेको मन्त्रालयले जनाएको छ ।

    ५ वर्षमुनिका ३ हजार ५६५ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये १० जनाले ज्यान गुमाइसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend