काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले जनतालाई मार पर्ने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाएको छ ।
मूल्यबृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १०४ रुपैयाँ तय भएको छ ।
निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटर बढेको छ । मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको जनाइएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
यसअघि निगमले पछिल्लो पटक चैत २२ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । निगमले जनतालाई मार पर्ने गरी लगातार मूल्यबृद्धि गर्दै आएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।