आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तत्कालै विद्यालय बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

तत्कालै विद्यालय बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 6.6K
    SHARES

  • तत्कालै विद्यालय बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन
    फाइल तस्बिर

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीको जोखिममा बालबालिकाहरु परेको बताउँदै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन हुने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

    राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको आज शुक्रवार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा समेत विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको छ ।

    संसदीय समिति बैठकबाट स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्यधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाको जीवन रक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाइ बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ । 

    समितिको निर्देशनमा उल्लेख छ, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरुको सुझाव तथा आजको छलफल अनुसार हाम्रा बालबालिकाहरु अत्यन्तै जोखिममा देखिएका छन् र स्कूलहरुमा कोरोना संक्रमण भएको पुष्टि भइसक्दा पनि चरम लापरवाही गर्ने स्कूलहरुलाई अनुगमन गरी कडा कारवाही गर्न र विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा हुने सिकाइ तत्काल बन्द गरी वैकल्पिक विधिबाट वर्तमान अवस्था अनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ । यसमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरुले पालना गर्नु जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी रहेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७०५:२५:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend