काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित दाङको तुलसीपुरकी १ महिलाको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर निवासी ५५ वर्षकी महिलाको बिहीवार दिउँसो मृत्यु भएको छ ।
आईसीयूमा उपचारत महिलाको फोक्सोले काम गर्न छोडेपछि पौने ४ बजे मृत्यु भएको कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण ओलीले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गत चैत २३ गते गरिएको कोरोना परीक्षणका क्रममा मृतकसहित उनका पतिलाई कोरोना पुष्टि भएपछि दुवै जनालाई चैत २४ गते अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनाको आईसीयू कक्षमा भर्ना गरिएकोमा पत्नीको मृत्यु भएको छ भने पतिको उपचार भइरहेको छ ।
यससँगै अस्पतालमा हालसम्म ९ जना संक्रमितको मृत्यु भएको व्यवस्थापक वलीले बताए । अस्पतालमा अहिले १८ जना कोरोना संक्रमित उपचाररत छन् ।
मृतक महिलाको शव बिहीवार नै गोठीखोलामा लगेर व्यवस्थापन गरिएको छ । कोरोना संक्रमित शून्यप्रायः भएपछि तुलसीपुरमा कोरोनाबाट मृत्यु हुने उनी पहिलो संक्रमित भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा एकैघरका ३ जना कोरोना संक्रमितको उपचार समेत भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।