बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयको ८ बुँदे जरुरी अपिल, ‘विद्यालय नजानू’

कोरोना ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयको ८ बुँदे जरुरी अपिल, ‘विद्यालय नजानू’

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 6.3K
    SHARES

  • कोरोना ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयको ८ बुँदे जरुरी अपिल, ‘विद्यालय नजानू’

    काठमाडौं – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बुँदे अत्यन्त जरुरी अपिल सार्वजनिक गरेको छ ।

    स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रबाट सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपिलमा कोरोना प्रभावित हुनेको संख्या र उमेरमा फरकपना देखिएको तथा बालबालिका र युवा वर्गमा संक्रमण र मृत्युको बढ्दो गति देखिएको जनाइएको छ ।

    संक्रमणबाट जोगिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्ड कडाइका पालना गर्न अनुरोध गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावित भनी वर्गीकरण गरेको छ । जसमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन् ।

    यी अतिप्रभावित जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरू, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, शपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिन हुन समेत अपिल गरिएको छ ।

    यस्तो छ पूर्णपाठ –  

    173598520_2824697001124184_2587181658338517012_n.jpg173708777_486496219160423_166954548980175405_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend