काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयुर्वेद चिकित्सा परिषद् नेपालमा अध्यक्ष र रजिस्ट्रार गरी २ जनालाई नयाँ नियुक्ति दिएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले डा. सन्तोष ठाकुरलाई चिकित्सा परिषद्को अध्यक्ष र डा. निर्मल भुसाललाई रजिस्ट्रारमा नियुक्ति दिएको छ ।
दुबै जनाले मंगलवार नियुक्तिपत्र बुझेका जनाइएको छ । दुवै जनाले बिहीवार पदबहाली गर्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।