बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

स्कूल बन्द गर्ने चर्चाबीच मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय

स्कूल बन्द गर्ने चर्चाबीच मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 5.6K
    SHARES

  • स्कूल बन्द गर्ने चर्चाबीच मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढे पनि शैक्षिक लगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    मन्त्रिपरिषद् बैठकमा बन्द गर्ने/नगर्नेबारे छलफल भए पनि अझै केही दिन हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय गरिएको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही हप्ता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर सरोकारवालाले विद्यालय बन्द गर्नु उपयुक्त नहुने सुझाव दिएका थिए ।

    मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भने गरेको छ । मास्क अनिवार्य गर्ने, भीडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने बिषयमा बैठकमा छलफल भएको जनाइएको छ । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज मंगलवार सार्वजनिक गरिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट बालबालिका धेरै प्रभावित भइरहेका छन् । तर विद्यालय तथा कलेजले सतर्कता अपनाउनुको सट्टा लापरवाही समेत गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमवार संक्रमण देखिएका ५५९ मध्ये २४ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । आईतवार २७ बालबालिकामा संक्रमण देखिएको थियो । 

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा २८० बालबालिकामा संक्रमण देखिएको छ । सोमवार संक्रमण देखिएका बालबालिकामा सबैभन्दा कम उमेर ५ वर्षका १ जना र सबैभन्दा बढी १७ वर्ष उमेरका ५ जना रहेका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नयाँ भेरियन्टबाट बालबालिका धेरै प्रभावित भएका बताएका छन् । रेन्डम नमूना छनोट गर्दा काठमाडौंमा २० प्रतिशत बालबालिकामा नयाँ भेरियन्ट देखिएको छ । २० वर्षमुनिका १६ प्रतिशतमा नयाँ भेरियन्ट देखिएको छ । 

    शिक्षण संस्थाहरु कोरोना संक्रमणको हटस्पट बन्दै गए पनि विद्यालयमा नियन्त्रणमा लापरबाही भइरहेको छ । कतिपय विद्यालयले विद्यार्थीमा संक्रमण देखिए पनि विद्यालय बन्द नगरी सम्बन्धित सेक्सन मात्रै बन्द गर्ने गरेका छन् । कतिपयले विद्यार्थी संक्रमित भएको लुकाउने समेत गरेका छन् ।

    यसअघि नेपाली सेनाको विद्यालय, हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले विद्यार्थी र कर्मचारीमा संक्रमण भएपछि भौतिक कक्षा बन्द गरेर अनलाइन पठनपाठन सुरू गरेका थिए । तर पछिल्लो समय ललितपुर र काठमाडौंका धेरै विद्यार्थी भएका विद्यालयले विद्यार्थीमा संक्रमण पुष्टि हुँदा समेत पठनपाठन जारी राखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले कोभिडको संक्रमण सबैलाई हुने भए पनि बालबालिकामा अझ बढी जोखिम हुने बताएका छन् । ‘सानालाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न गाह्रो छ,’ पौडेलले भने, ‘सबै क्षेत्र खुलेका छन् । सार्वजनिक यातायात चलेका छन्, बुझेकाले समेत पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् भने धेरै नबुझेका बालबालिकामा संक्रमण हुने सम्भावना धेरै हुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend