बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली सरकारको अर्काे नाटक : निर्माण सम्पन्न नहुँदै धरहरा उद्घाटनको तयारी

ओली सरकारको अर्काे नाटक : निर्माण सम्पन्न नहुँदै धरहरा उद्घाटनको तयारी

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 6.0K
    SHARES

  • ओली सरकारको अर्काे नाटक : निर्माण सम्पन्न नहुँदै धरहरा उद्घाटनको तयारी
    फाइल तस्वीर

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारले बजेट सुनिश्चित नभएका योजनाको शिलान्यास गर्ने र कार्यसम्पन्न नभएका योजनाको उद्घाटन गर्ने जस्ता नाटक देखाइरहेको बेला अर्काे नाटक थपिने भएको छ ।

    सरकारले आगामी बैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गर्ने तयारी गरेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको छ । तर धरहराको निर्माण कार्य पूरा भइसकेको छैन ।

    धरहराको सबै काम सकिन अझै केही समय लाग्ने भएपनि मूल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने ।

    धरहराको पूरै निर्माण कार्य सम्पन्न गर्न पुस महिनासम्म लाग्नसक्ने सूचना अधिकारी घिमिरेले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend