आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गएराति दुर्घटना हुँदा ४ जनाको मृत्यु

गएराति दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 3.8K
    SHARES

  • गएराति दुर्घटना हुँदा ४ जनाको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं – दोलखामा सवारीसाधन दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

    सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो जीप विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले बताए । 

    सीडीओ घिमिरेका अनुसार दुर्घटनामा १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

    घाइतेमध्ये ७ जनाको दोलखा र ११ जनाको काठमाडौंमा उपचार भइरहेको जनाइएको छ । 

    सोमबार राति साढे १० बजेतिर दुर्घटना भएको थियो । सीडीओ घिमिरेले भने, ‘ओभर लोडका कारण दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको पाइएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend