बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमै कोरोनाको भयावह रूप

नेपालमै कोरोनाको भयावह रूप

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 5.3K
    SHARES

  • नेपालमै कोरोनाको भयावह रूप

    काठमाडौं – केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर अत्यधिक बढेको पाइएको छ ।

    भारतमा संक्रमण दर बढेसँगै नेपालमा पनि प्रभाव परेको हो । हाल भारतमा दैनिक १ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा प्रत्येक १२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो १ हप्ता आधार मान्दा २८ हजार १८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४१८ जनामा संक्रमण देखिएको छ । गत मंगलवार ४ हजार २४३ जनामा परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको थियो ।

    गत बुधवार ४ हजार १०० जनामा परीक्षण गर्दा ३३९, बिहीवार ४ हजार ६ जनामा परीक्षण गर्दा ३३२, शुक्रवार ४ हजार ७१ जनामा परीक्षण गर्दा २८८ जनामा कोरोना पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार गत शनिवार ३ हजार ५३२ जनाको कोरोना परीक्षण गर्दा ३३७, आईतवार ३ हजार १२५ जनाको परीक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित संख्या सोमवार ५०० नाघेको छ । सोमवारै ५ हजार १०५ जनाको परीक्षण गर्दा ५५९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतक संख्या ३ हजार ५३ पुगेको छ ।

    यसअघि आईतवार १ संक्रमितको मृत्यु भएको थियो । देशभर हालसम्म संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । हाल देशभर ८५ जना क्वारेन्टीनमा छन् । कूल संक्रमितमध्ये सोमवार मात्रै २११ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । 

    केही दिनयता संक्रमित संख्या बढेसँगै आईसीयूमा समेत चाप बढेको छ । संक्रमितमध्ये आईसीयूमा ४६ र १३ भेन्टिलेटरमा उपचारत रहेका छन् । मुख्यतः सीमाकामा परीक्षण दर बाक्लो गरिएको छ ।

    यसैगरी, कोभिड–१९ दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार आयोजना गरेको सरोकारवालासँगको छलफलमा बन्द ‘अन्तिम उपाय’ नभएको जनाएका छन् ।

    नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द वा सञ्चालन गर्ने भन्ने निर्णय अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट निर्णय लिइरहनु उपयुक्त नहुने तर्क गरिएको छ । छलफलमा नेपाल नगरपालिका महासंघ अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षा अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै ‘अब विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय तहलाई सुम्पनुपर्ने’ माग गरेका छन् ।

    नेपाल अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएका कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्दै मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले कोरोनाका नाममा ‘नेपालमा आतंक सिर्जना गर्न खोजेको’ भन्दै १० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठूलो पीडा भएको उल्लेख गरेका छन् ।

    भौतिक रुपमा स्कूल बन्द गर्ने समय नआएको, भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकैदिन २ सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्ने लगायतका विधि अपनाउन सुझाव दिए । शिक्षा सचिव रामप्रसाद थपलियाले अवस्था हेरेर मन्त्रालयले निर्णय गर्ने जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend