बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा खतरनाक बन्यो कोरोना, एकैदिन १३ जनाको मृत्यु

नेपालमा खतरनाक बन्यो कोरोना, एकैदिन १३ जनाको मृत्यु

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 5.4K
    SHARES

  • नेपालमा खतरनाक बन्यो कोरोना, एकैदिन १३ जनाको मृत्यु
    फाइल तस्वीर

    काठमाडौं – विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस नेपालमा समेत खतरनाक बनेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर थप ४९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार ४ हजार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार ७२७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना देखिएको छ । दुबै गरी देशभर ५५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    संक्रमितको संख्या सँगसँगै मृतकको संख्या समेत बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म २ लाख ८० हजार ५२४ जनामा कोरोना पुष्टि भएको छ भने सोमबार देशभर ३ हजार ३०६ जना सक्रिय संक्रमित छन् । कोरोना बढ्दै गएका बेला विश्वभरर कडा सावधानीका उपाय अपनाइँदै लगिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend