बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

कुम्भ मेला भर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा भव्य स्वागत

कुम्भ मेला भर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा भव्य स्वागत

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 7.0K
    SHARES

  • कुम्भ मेला भर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा भव्य स्वागत

    काठमाडौं - कुम्भ मेला भर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई हरिद्वारमा भव्य स्वागत गरिएको छ । पूर्वराजा शाह आइतबार बिहान हरिद्वारा पुगेका हुन् ।

    उनी निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा हरिद्वार पुगेका हुन्। हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आइतबार बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको हो।

    पूर्वराजाले दक्षिणकालीको पूजा अर्चनामा झन्डै ४५ मिनेट बिताएका थिए । अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महन्त नरेन्द्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महन्त रविन्द्र पुरीलगायतका अन्य थुप्रै साधु सन्तले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् ।

    पूर्वराजा शाह आज र भोलि हरिद्वारमै रहने छन्। आजै साँझ उनको १० हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १३ २०७७०८:१०:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend