काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ झापा आएका छन्। पूर्वरानी कोमलसहित उनी झापा आएका हुन्। बुद्ध एयरको विमानबाट पूर्वराजा–रानी आइतबार साँझ पौने ६ बजे झापा आएका हुन्।
भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजदम्पत्तीलाई विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका थिए। समर्थकहरूले पूर्व राजाको पक्षमा ‘राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश, मेची महाकाली हल्ला छ राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दावाद, सङ्घीयता खारेज गर, हिन्दुराष्ट्र कायम गर’ भनेर चर्का नारा लगाएका थिए।
उनीहरु दमकमा रहेको आफ्नै निवासमा गएका छन्। उनीहरू झापा करिब चार हप्तासम्म बस्ने बुझिएको छ। झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।