बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

होली खेल्दा ओली सरकारबाट १३६ जना पक्राउ

होली खेल्दा ओली सरकारबाट १३६ जना पक्राउ

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 6.0K
    SHARES

  • होली खेल्दा ओली सरकारबाट १३६ जना पक्राउ
    फाइल तस्वीर

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा होली पर्व मनाउने १३६ जनालाई प्रहरी पक्राउ गरेको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कोरोना भाइरस संक्रमणको महामारीका कारण होली नमनाउन आग्रह गरेपनि त्यसविपरीत होली मनाउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंमा ११०, ललितपुर र भक्तपुरमा १३/१३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

    होली मनाउने नाममा होहल्ला गर्ने, जबरजस्ती रंग र अबिर दल्ने, झगडा गर्ने र लोला हान्नेलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा ९१२ सवारीसाधन नियन्त्रणमा लिइएको छ । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले १ हजार ६०९ सवारीचालकलाई कारवाही गरिएको बताए । ४०२ वटा मोटरसाइकल र १३ वटा चारपांग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend