काठमाडौं – राजधानी काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा कार्यरत डा. अजित मलिक केही दिनदेखि आन्दोलनमा रहेका छन् ।
उनले गुनासो गरेका छन्, महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर खटिँदा समेत सरकारले दिने भनेको कोरोना भत्ता प्राप्त हुन सकेको छैन, सरकारले ढाँटेको छ ।
मलिक सेतो रंगको एप्रोन लगाएरै माइतीघर मण्डलास्थित सडकमा एक्लै उभिएका छन् । मलिकले हातमा समातेको प्लेकार्डमा लेखिएको छ, ‘मेरो कोभिड–१९ को भत्ता हराएको सूचना – कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला । मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायमै छ । तर सरकारको नियत कायम छैन ! सरकार !’
कोरोना भाइरस संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित हुँदा समेत भत्ता नपाएको मलिकले बताए । सरकारले वेबास्ता गरेका कारण दबाब सिर्जना गर्न आफूले प्लेकार्डसहित प्रदर्शन गरिरहेको मलिकले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।