बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा कोरोना बढ्नुको यस्तो छ कारण, कारवाही गर्न तम्तयार सरकार 

नेपालमा कोरोना बढ्नुको यस्तो छ कारण, कारवाही गर्न तम्तयार सरकार 

  • मिडिया डबली
  • बिहिवार, चैत्र १२ २०७७

  • 4.1K
    SHARES

  • नेपालमा कोरोना बढ्नुको यस्तो छ कारण, कारवाही गर्न तम्तयार सरकार 

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका ३ जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारवाही गरिने भएको छ ।

    काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो ।

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधवार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने जनाएका छन् ।

    पछिल्लो २४ घण्टामा बुधवार काठमाडौंमा ५३ जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुरमा ८ र भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेका छन् । घरबाहिर तथा सार्वजनिक स्थान एवं सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोना संक्रमितको संख्या बिस्तारै बढ्न थालेको छ । ‘संक्रमितको संख्यामा केही कमी आएको भए पनि संक्रमणको जोखिम घटिसकेको अवस्था होइन,’ डा. अधिकारीले भने, ‘जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण संक्रमितको संख्या बढेको हो ।’

    लकडाउनको योजना नरहे पनि संक्रमितको संख्या उच्च हुन गए परिस्थितिअनुसारको नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने डा. अधिकारीले बताएका छन् । ‘संक्रमणलाई भयावह रूपमा फैलिन नदिन सबैजना सजग हुनुपर्छ,’ उनले भने ।

    मुलुकभर १ हजार १८२ जना सक्रिय संक्रमित छन् । जसमध्ये संस्थागत आइसोलेसनमा २१३ जना छन् । होम आइसोलेसनमा ९६९ जना छन् । पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. अधिकारीले बताए ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    इपिडिमियोलोजिस्ट डा. अर्चना श्रेष्ठका अनुसार भारतमा संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेकाले नेपालमा पनि केही हप्तामै संक्रमणको संख्या बढ्दै जाने सम्भावना देखिएको छ । ‘दोस्रो चरणको महामारी आउने सम्भावना देखिँदैछ । महामारी न्यूनीकरणको लागि सबैले सतर्क भएर जनस्वास्थ्यका नियमहरु पालना गर्नुपर्छ । विशेषगरी दीर्घ रोगीले बढी सतर्कता अपनाउनुपर्छ,’ डा. श्रेष्ठले भनिन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यस वर्षको होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बुधवारको प्रेस ब्रिफिङमा यसपालिको होली घरमै मनाउन र अनावश्यक भीडभाड नगर्न अनुरोध गरेका छन् । चैत १५ गते पहाडमा र १६ गते तराईमा होली पर्व परेको छ ।

    गृह मन्त्रालयले पनि ७७ वटै जिल्लामा जनस्वास्थ्यको मापदण्ड अपनाउन र भीडभाड, भेला, सभा, सम्मेलन नगर्न पत्राचार समेत गरेको छ । फागु पर्वको अवसरमा सार्वजनिक स्थलमा भीडभाड नगर्न र होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरी सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्न आग्रह गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend