बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोना देखेर तर्सिए केपी ओली, यति ठूलो कार्यक्रम नै स्थगित

कोरोना देखेर तर्सिए केपी ओली, यति ठूलो कार्यक्रम नै स्थगित

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०७७

  • 6.0K
    SHARES

  • कोरोना देखेर तर्सिए केपी ओली, यति ठूलो कार्यक्रम नै स्थगित

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली तर्सिएका छन् ।

    कोरोनाकै त्रासले विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भय भएको कार्यक्रम स्थगित भएको छ ।

    प्रधानमन्त्री ओली चैत १३ गते नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम रहेको थियो ।

    विराटनगरको विरेन्द्र सभागृहमा कार्यक्रम राखिएकोमा केही दिनयता विराटनगरमा कोरोना संक्रमित भेटिन थालेका र आज बुधवार एकैदिन १० जनामा संक्रमण पुष्टि भएपछि कार्यक्रम स्थगित गरिएको नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सचिव विनोद ढकालले बताएका छन् ।

    ‘कोरोनाको पुनः संक्रमण बढिरहेको बेला सरकारले पनि सतर्कता अपनाउन आग्रह गरेको छ,’ ढकालले भने, ‘यस्तो बेला प्रधानमन्त्री हिँड्न मिलेन, प्रदेशमा आयोजना हुने सबै कार्यक्रम स्थगित भएका छन् ।’

    कोरोना संक्रमणको त्रासका कारण १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आयोजना गरेको होली मिलन कार्यक्रम समेत स्थगित भएको छ ।

    प्रदेश प्रमुख अधिकारीले चैत १५ गते होली विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए । कोरोना संक्रमण बढ्न थालेकाले कार्यक्रम स्थगित गरिएको अधिकारीका स्वकीय सचिव प्रतीक ढकालले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend