बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना बढेपछि ललितपुरमा यी गतिविधि निषेध गर्ने निर्णय

कोरोना बढेपछि ललितपुरमा यी गतिविधि निषेध गर्ने निर्णय

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०७७

  • 5.3K
    SHARES

  • कोरोना बढेपछि ललितपुरमा यी गतिविधि निषेध गर्ने निर्णय

    काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

    बुधबार बसेको जिल्ला कोरोना भाइरस विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले राति ११ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    बैठकले व्यवसाय सञ्चालन गर्दा भीडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरू पालना गर्नुपर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

    ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बैठकका निर्णयबारे जानकारी गराउँदै क्वारेन्टीन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय भएको जनाएका छन् ।

    भारतमा कोरोनाको मृत्युदर बढ्दै गएको र नेपालमा समेत संक्रमण पुनः बढेकाले संक्रमण बढ्न नदिन बैठकले केही मापदण्ड निर्धारण गरेको छ । 

    पढ्नुहोस् निर्णयहरू –

    1.jpg2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend