आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यूकेपीएनपीका अध्यक्षले भने - जम्मु काश्‍मीरमा सन् १९४७ देखि पाकिस्तानले अबैध कब्जा

यूकेपीएनपीका अध्यक्षले भने - जम्मु काश्‍मीरमा सन् १९४७ देखि पाकिस्तानले अबैध कब्जा

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 6.9K
    SHARES

  • यूकेपीएनपीका अध्यक्षले भने - जम्मु काश्‍मीरमा सन् १९४७ देखि पाकिस्तानले अबैध कब्जा

    नयाँ दिल्ली -  निर्वासनमा रहेका एकिकृत काश्‍मीर पिपुल्स नेशनल पार्टी (यूकेपीएनपी) का अध्यक्ष सौकात अलि काश्‍मीरीले पाकिस्तानले सन् १९४७ देखि अवैधरुपमा कब्जा गरेर राखेको बताएका छन् । 

    उनले गिलगिट-बाल्टिस्तान पनि जम्मु-काश्‍मीरकै अंश भएको उल्लेख गर्दै पाकिस्तानले अवैधरुपमा कब्जा गरेको बताएका हुन् । 

    पाकिस्तान र जम्मू-काश्मीरको अधिकारमा रहेको मानव अधिकार हननको बारेमा जिनेभामा पत्रकार सम्मेलन गर्दै उनले कि युकेपीएनपी धर्मलाई हतियारको रूपमा र आतंकवादलाई विदेश नीतिको औजारको रूपमा प्रयोग गर्नेविरुद्ध लाग्‍नेसमेत बताएका छन् । 

    उनले पाकिस्तानको संविधानको धारा २५७ मा जम्मू काश्मीर राज्यसम्बन्धी प्रावधान रहेको उल्लेख गर्दै भने, "जब जम्मू कश्मीर राज्यका जनताले पाकिस्तानमा प्रवेश गर्ने निर्णय गरे तब पाकिस्तान र त्यो राज्यबीचको सम्बन्ध अनुसार निर्धारण गरिनेछ र राज्यको जनताको इच्छालाई सर्वोपरि मान्‍ने प्रावधान छ । "

    उनले संयुक्त राष्ट्रसंघीय प्रस्तावका अनुसार पाकिस्तानको कब्जामा रहेका गिलगिट बाल्टिस्तानका जनताको जीवन, स्वतन्त्रता र सम्मान सुनिश्चित गर्न बाध्य पारिएको बताए ।

    पाक अधिकृतका कारण कश्मीर र गिलगिट बाल्टिस्तानका जनताले कुनै आधारभूत राजनीतिक अधिकार उपभोग गर्न नसकेकोसमेत बताइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७०२:२७:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend