बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना बढ्न थालेपछि सरकारको देशभर यस्तो निर्देशन, के छ गर्नैपर्ने काम ?

कोरोना बढ्न थालेपछि सरकारको देशभर यस्तो निर्देशन, के छ गर्नैपर्ने काम ?

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 9.3K
    SHARES

  • कोरोना बढ्न थालेपछि सरकारको देशभर यस्तो निर्देशन, के छ गर्नैपर्ने काम ?

    काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन देशभर निर्देशन दिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्न सक्ने जोखिमलाई ध्यान दिँदै संक्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताएका छन् ।

    मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य संघसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष र भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडीटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षण गर्न समेत निर्देशन दिएको छ ।

    यसरी परीक्षण गर्न संक्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य संघसंस्थासँग समन्वय गर्न भनिएको छ । 

    विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टीनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले संक्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि बढाउन भनेको छ ।

    गौतमले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको बताए । मन्त्रालयले स्थानीय तहलाई संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको हो । 

    मन्त्रालयले नेपालमा पनि संक्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दैै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न/नगराउन आईतबार निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमले भारतमा संक्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन् ।

    नेपालमा हालसम्म २ लाख ७५ हजार ९०६ जनामा संक्रमण देखिएको छ । २ लाख ७१ हजार ९२१ जनामा संक्रमणबाट निको र ३ हजार १६ जना संक्रमणको कारणले निधन भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend