आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संयुत्त अरब ईमिरेट्सद्धारा भारत-पाकिस्तानबीच युद्धविराम निर्णयको स्वागत

संयुत्त अरब ईमिरेट्सद्धारा भारत-पाकिस्तानबीच युद्धविराम निर्णयको स्वागत

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 14.6K
    SHARES

  • संयुत्त अरब ईमिरेट्सद्धारा भारत-पाकिस्तानबीच युद्धविराम निर्णयको स्वागत

    अबुधाबी ।  संयुत्त अरब ईमिरेट्स (यूएई) ले भारत र पाकिस्तानबीच भएको युद्धविरामको निर्णयलाई स्वागत गरेको छ । 

    भारत र पाकिस्तानले काश्मीरस्थित नियन्त्रण रेखा सीमामा गरेको युद्धविरामको निर्णयलाई संयुक्त अरब ईमिरेट्सले स्वागत गरेको हो । क्षेत्रीय स्थायित्व, समृद्धि र सुरक्षाका लागि भारत र पाकिस्तानबीच युद्धविराम हुनु महत्वपूर्ण कदम रहेको यूएईले टिप्पणी गरेको छ ।

    यूएईको भारत र पकिस्तान दुबै देशसँग निकट सम्बन्ध रहेको भन्दै यूएईको विदेश मन्त्रालयले युद्धविरामको प्रशंसा गरेको हो । यूएइएले दुई देशबीचको युद्धविरामले पारस्पारिक शान्ति, सम्बृद्धि, र संवाद कायम गर्न सफल बनाउनेमा पनि विश्वास व्यक्त गरेको छ।

    गत फेब्रुअरि २५ बाट लागू भएको भारत र पाकिस्तानी सेनाबचिको काश्मीर नियन्त्रण रेखा सीमाको  युद्धविरामका सबै घोषणा कार्यन्वयन भइरहेको छ। यसअघि अमेरिका, संयुक्त राष्ट्रसंघ, यूरोपेली संघ लगायत अन्तर्राष्ट्रि समुहदायले युद्धविरामको स्वागत गरिसकेका छन् ।

    स्रोतः लेटेस्ट्ली -

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend