बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली सरकारबाट यी ३ जनाले पाए नयाँ नियुक्ति

ओली सरकारबाट यी ३ जनाले पाए नयाँ नियुक्ति

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 11.0K
    SHARES

  • ओली सरकारबाट यी ३ जनाले पाए नयाँ नियुक्ति

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले आज मंगलबार केही व्यक्तिहरूलाई नियुक्ति दिएको छ ।

    बैठकबाट नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम तिम्लसिनालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद् बैठकले मिश्र र तिम्लसिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

    बैठकमा फागुन १८ गतेदेखि डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा मन्त्रिपरिषद्ले मिश्र र तिमल्सिनालाई नियुक्त गरेको छ ।

    बैंकका गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्रबैंक ऐनमा रहेको छ ।

    राष्ट्र बैंकका विभिन्न विभागमध्ये गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाई, आन्तरिक लेखापरीक्षण विभाग र कानून महाशाखाबाहेक सबै विभाग डेपुटी गभर्नरले नै सम्हाल्नुपर्ने हुन्छ । राष्ट्र बैंकको क्षमता अभिवृद्धिका साथै प्रभावकारी नियमन तथा सुपरिवेक्षणमा डेपुटी गभर्नरको भूमिका रहने गरेको छ ।

    डेपुटी गभर्नरमा नियुक्ति हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनका क्षेत्रमा कार्य अनभुव हासिल गरेको हुनुपर्ने व्यवस्था ऐनमा रहेको छ ।

    मन्त्रिपरिषद् बैठकले सिभिल अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. विद्यानिधि पौडेललाई नियुक्त गरेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend