काठमाडौैं – प्रतिबन्ध फुकुवासँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा लागेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जाई लाग्न थालेका छन् ।
गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले प्रचण्ड र डा. बाबुराम भट्टराईमाथि गम्भीर आरोप लगाएका छन् ।
विप्लवले प्रचण्ड र डा. भट्टराईले गलत बाटो लिएका कारण देशमा संकट आएको आरोप लगाए । प्रचण्डले गलत बाटो रोजेको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको दाबी गरे ।
माओवादी र एमालेको एकताबाट झण्डै दुईतिहाइको सरकार बने पनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दाबी गरेका छन् । विप्लवले डा. भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरेका छन् ।
सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध गलत भएको पनि विप्लवले बताएका छन् । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएको उनले बताए । सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएको २ महिनाभित्र सखाप पार्छौं भने पनि सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको विप्लवको तर्क गरेका छन् ।
महासचिव विप्लवले पूँजीवादी व्यवस्था असफल भएको जिकिर गर्दै वैज्ञानिक समाजवाद र पूँजीवादी व्यवस्थाबीच कुन ठीक भनेर जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।
जनयुद्धका शहीदहरूको सपना पूरा नभएको र शहीद तथा बेपत्ता परिवारले न्याय नपाएको विप्लवले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।