काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चलचित्र विकास बोर्डमा ३ जना सदस्य पदमा नयाँ नियुक्ति दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको ३ रिक्त पदमा अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरेको हो ।
बोर्डका अध्यक्ष दयाराम दाहालले लामो समयदेखि सदस्य पद रिक्त रहेकोमा हाल नियुक्त गरिएको बताए ।
नवनियुक्त सदस्य अर्जुनकुमार फिल्म निर्माता हुन् भने राज फिल्मका कलाकार हुन् । ‘फाटेको जुत्ता’, ‘चपली हाइट’ निर्माण गरेका अर्जुनकुमार गायक समेत रहेका छन् ।
राज कटुवालले फिल्म ‘लालटिन’, ‘लीला’लगायत म्युजिक भिडियोमा अभिनय गरेका जनाइएको छ । भट्टराई निर्देशकको भूमिकामा सक्रिय रहेका छन् ।
चलचित्र जाँच समितिमा (सेन्सर बोर्ड) मा सन्तोषकुमार थापा, राजेश महर्जन र मीनक्षी कोइरालालाई नियुक्त गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।