आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा ‘चामत्कारिक सुधार’

कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा ‘चामत्कारिक सुधार’

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 6.3K
    SHARES

  • कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा ‘चामत्कारिक सुधार’

    काठमाडौं – अकस्मात मष्तिष्कघात भएर गत शुक्रवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यमा ‘चामत्कारिक सुधार’ भएको छ ।

    अस्पतालले दिएको पछिल्लो जानकारी अनुसार नेता जोशीले आफैं श्वास फेर्न थालेका छन् भने उनलाई भेन्टिलेटरबाट निकालिएको छ ।

    उनको अवस्थामा चामत्कारिक सुधार भएको बताउँदै अस्पतालले गत बिहीवार बिहानदेखि नै भेन्टिलेटरबाट हटाइएको जनाएको छ ।

    उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा. राजीव झाले भेन्टिलेटरबाट हटाएपछि जोशीले सामान्य रूपमा श्वास फेर्न थालेका बताए । उनले भने, ‘यो अनपेक्षित सुधार हो ।’

    सोमवार बिहानदेखि चिकित्सकहरूले मशिनले श्वास फेराउने कामलाई घटाउँदै लगेका थिए । अवस्थामा तीव्र सुधार भएपछि बिहीवारदेखि पूर्ण रूपमा भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ ।

    सुरूआतमा मष्तिष्कघातका कारण जोशीको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको भए पनि बिहीवार साँझदेखि जोशीले बायाँ हातखुट्टा पनि सामान्य रूपमा चलाउन थालेका छन् । तर प्यारालाइसिस नै नभएको भनेर अहिल्यै भनिहाल्ने अवस्था नभएकाले केही दिन हेर्नुपर्ने चिकित्सकले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १५ २०७७०६:२६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend