काठमाडौं – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नवीन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । राजधानीको बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन् ।
'कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,’ जोशीले भने, ‘सरकार संसद्बाट भाग्यो, संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो । बालुवाटारभित्र बसेर षड्यन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौँ, हेक्का रहोस् ।’
उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए । ‘मुखले भ्रष्टाचार गर्दिनँ भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,' उनले भने, 'सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।’
त्यसैले वर्तमान सरकारविरुद्ध अब कांग्रेस सडकबाटै अगाडि बढ्ने उनले बताए । जनतालाई ऋणको भारी बोकाउँदै आफू यति र ओम्नीको भारी बोक्ने सरकार जनताको सरकार नभई गिरोहको सरकार रहेको आरोप लगाए । उनले सबैको आखाँ सर्वोच्चतिर रहेको न्यायमूर्तिले संविधान र कानूनअनुसार फैसला सुनाउनेमा विश्वस्त रहेको समेत बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।