आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मस्तिष्कघात भएका कांग्रेस नेता जोशीलाई अहिले कस्तो छ ?

मस्तिष्कघात भएका कांग्रेस नेता जोशीलाई अहिले कस्तो छ ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 8.5K
    SHARES

  • मस्तिष्कघात भएका कांग्रेस नेता जोशीलाई अहिले कस्तो छ ?

    काठमाडौं – नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री ५७ वर्षीय नवीन्द्रराज जोशी मस्तिष्कघात (हेमोरेजिक स्ट्रोक) भई अस्पताल भर्ना भएका छन् ।

    मस्तिष्कको संवेदनशील भागमा क्षति पुगेकाले जोशीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

    नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको जानकारी दिए । 

    ‘मस्तिष्कको दायाँ भागमा क्षति भएको छ । यो क्षति दिमागको केन्द्र भागलगायत अन्यतिर पनि फैलिएको छ,’ डा. झाले भने, ‘सुधारको अवस्थाबारे अहिले भन्न गाह्रो छ । सुधार हुँदै नहुने भन्ने पनि होइन ।’

    चिकित्सकका अनुसार मस्तिष्कमा रक्तश्राव भएको अवस्था नै मस्तिष्कघात हो । मस्तिष्कका कोषलाई रगतले थिच्दा अन्य भागमा पनि क्षति पुग्छ । जोशीका बायाँ खुट्टा र बाँया हातमा बिहीवार राति समस्या देखिएको थियो । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

    वीर अस्पतालमा पुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो । बिहान पौने ३ बजे खबर पाएलगत्तै डा. झाले उनको अवस्था जाँच गरेका थिए ।

    ‘उहाँ जटिल अवस्थामा हुनुहुन्थ्यो । अहिले पनि जटिल अवस्था (कोमा) मै हुनुहुन्छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ डा. झाले भने । स्वास्थ्य स्थिति शुक्रवार बिहानभन्दा खराब नभए पनि धेरै फरक नभएको झाले बताएका छन् ।

    जोशीको मस्तिष्कको अति संवेदनशील भागमा जमेको रगत शल्यक्रिया गरे पनि निकाल्न नसकिने अवस्था छ । शुक्रवार बेलुका ८ः३० बजेसम्म जोशीलाई रक्तचाप बढाउने औषधि दिइएको थियो ।

    नर्भिकमा २ पटक सिटिस्क्यान गर्दा मस्तिष्कमा रगत जमेको देखिएको छ । ‘नर्भिक अस्पताल आउँदा नै उहाँ कोमामा हुनुहुन्थ्यो । बान्ता भइसकेको रहेछ । फोक्सोमा पनि बान्ता गइसकेको अवस्था थियो । आँखाको नानी पनि फुलेको थियो,’ डा. झाले भने ।

    टाउकोमा पानी जमेको पाइएको थियो । टाउकोमा जमेको पानी निकाल्न सानो शल्यक्रिया गरी पाइप राखेर बढी भएको पानी बाहिर तर्काएको डा. झाले बताएका छन् । १५० एमएलजति पानी बाहिर निकालिएको अस्पताल स्रोतले जनाएको छ ।

    नेता जोशीलाई उच्च रक्तचाप, मधुमेहको पनि समस्या थियो । ‘रक्तचाप उच्च भएपछि मस्तिष्कघात भएको थियो । मस्तिष्कघातपश्चात् रक्तचाप लो भयो । अहिले रक्तचाप बढाउने औषधि दिएका छौं,’ डा. झाले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend