बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीलाई अन्तिमपल्ट प्रचण्डको २ दिने अल्टिमेटम, नत्र यस्तो कदम चाल्ने तयारी

केपी ओलीलाई अन्तिमपल्ट प्रचण्डको २ दिने अल्टिमेटम, नत्र यस्तो कदम चाल्ने तयारी

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 13.0K
    SHARES

  • केपी ओलीलाई अन्तिमपल्ट प्रचण्डको २ दिने अल्टिमेटम, नत्र यस्तो कदम चाल्ने तयारी

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन २ दिने अल्टिमेटम दिएका छन् ।

    शुक्रवार नेकपा संसदीय दलको नेता चयन भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले फागुन २३ गते आईतबार प्रतिनिधिसभा अधिवेशन सुरू हुनुअघि नै राजीनामा दिन ओलीलाई अन्तिमपल्ट मौका दिएका छन् ।

    प्रधानमन्त्रीले २ दिनभित्र राजीनामा नदिए अन्तिम विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्डले बताए । 

    ‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आईतवारको संसद बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रूपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ,’ उनले भने ।

    प्रचण्डले आफूहरू नै आधिकारिक पार्टी भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्तालाई आफ्नो पक्षमा आउन आग्रह समेत गरेका छन् ।

    संसदीय दलको नेता रिक्त रहेको अवस्थामा सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले विधिवत रूपमा संसदीय दलको नेता परिर्वतन गरेको प्रचण्डले बताए ।

    संसदीय दलको नेता चयन भएपछि अध्यक्ष प्रचण्डले सबै सांसदहरूलाई धन्यवाद दिएका थिए ।

    प्रचण्डलाई दल नेता चयन गरेसँगै प्रचण्ड–नेपाल पक्षले आईतवार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी समेत गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १११ जना सांसदले स–शरीर उपस्थित भएर हस्ताक्षर गरेको बताएका छन् ।

    प्रचण्ड–नेपाल पक्षमा ११५ जना सांसद रहेका र विभिन्न कारणबश योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणि खनाल शुक्रबारको बैठकमा उपस्थित हुन नसकेका जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend