बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्ड दोस्रोपल्ट बने नेकपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुल्यो ?

प्रचण्ड दोस्रोपल्ट बने नेकपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुल्यो ?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 9.8K
    SHARES

  • प्रचण्ड दोस्रोपल्ट बने नेकपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुल्यो ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता चयन भएका छन् ।

    नयाँबानेश्वरमा शुक्रवार बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चुनेको हो ।

    नेकपा नेता सोमप्रसाद पाण्डेले प्रचण्ड दल नेता चयन भएका जानकारी दिए ।

    ‘पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो,’ पाण्डेले भनेका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्बाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीवार संघीय संसद सचिवालयलाई जानकारी गराइसकेको छ ।

    नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड र माधवकुमार नेपालले आधिकारिक पार्टी आफूहरु रहेको दाबी गरेका छन् । 

    संविधान अनुसार संसदमा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदमा नेकपाको बहुमत रहेको छ । यसअघि ओली दल नेता रहेकाले प्रधानमन्त्री बनेका थिए । अब प्रचण्ड दल नेता बनेकाले प्रधानमन्त्री हुन्छन् कि हुँदैनन्, हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend