आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज नयाँ आईपीओ खुल्दै, कति कित्तासम्म पर्न सक्छ ?

आज नयाँ आईपीओ खुल्दै, कति कित्तासम्म पर्न सक्छ ?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 11.1K
    SHARES

  • आज नयाँ आईपीओ खुल्दै, कति कित्तासम्म पर्न सक्छ ?

    काठमाडौं – आज शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्दैछ ।

    कम्पनीले सुरूमा फागुन २३ गते आईतबारबाट आईपीओ निष्कासनको मिति तोके पनि आईतबार निष्कासन गर्दा मेरो शेयरमा पर्ने चापले नियमित शेयर कारोबारको सेटलमेन्टमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै मिति परिवर्तन गरेर आज शुक्रबारबाट आईपीओ बिक्री खुला गरिँदैछ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर सर्वसाधारण लागि बिक्री गर्दैछ । जसमध्ये ५% अर्थात् ३ लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५% अर्थात् ३ लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

    आईपीओका लागि छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । कम्पनीले २०७७ माघ ९ गते जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको थियो ।

    कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरमार्फत आवेदन दिन सकिने जनाइएको छ ।

    हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने भएको छ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण शेयर हिस्सा ७०ः३० प्रतिशत हुने जनाइएको छ । 

    धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले सामूहिक लगानी कोष र सर्वसाधारणलाई छुट्याएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९५ हजार जनाले शेयर कित्ता पाउने देखिएको छ ।

    पछिल्लोपटक निष्कासन भएको महिला लघुवित्तको आईपीओमा करीब १५ लाख ४० हजारको आवेदन सदर भएको थियो । यसमा पनि सोही अथवा सोभन्दा माथि आवेदन पर्नसक्ने भएकाले शेयर बाँडफाँड गोला प्रथामा जानेछ । यसलाई आधार मान्दा १० कित्ता समेत गोलाप्रथाबाट पर्ने हुनाले १० कित्ताभन्दा बढी आवेदन नदिए पनि हुने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २१ २०७७११:०८:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend