आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईपीओको नतिजाबारे नयाँ निर्णय लागू, सीडीएसको यस्तो निर्देशन

आईपीओको नतिजाबारे नयाँ निर्णय लागू, सीडीएसको यस्तो निर्देशन

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 11.2K
    SHARES

  • आईपीओको नतिजाबारे नयाँ निर्णय लागू, सीडीएसको यस्तो निर्देशन

    काठमाडौं – सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै आईपीओ लगायत अन्य धितोपत्र निष्कासनको नतिजा प्रकाशनबारे नयाँ निर्णय गरेको छ ।

    सीडीएसले आईपीओको नतिजा सञ्चारमाध्यममा नपठाउन निर्देशन दिएको छ ।

    लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् ।

    आईपीओको नतिजा अब सीडीएस एण्ड क्लियरिङको मेरो शेयर, बिक्री प्रबन्धकको वेबसाइट र धितोपत्र निष्कासन भएको सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्रै राख्न र सञ्चारमाध्यममा नपठाउन निर्देशन दिइएको छ ।

    फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै नयाँ व्यवस्था लागू हुने आचार्यले बताएका छन् ।

    धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गरेको व्यवस्था अनुसार नै आधिकारिक निकायबाट मात्रै आईपीओको नतिजा हेर्नसक्ने व्यवस्था गरिएको आचार्यले जानकारी दिए ।

    ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानून बमोजिम अधिकारप्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ,’ धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीको परिच्छेद १० बुँदा नम्बर ४७ मा उल्लेख छ ।

    ‘हितग्राही नम्बरबाट लगानीकर्ताको गोप्य सूचना बाहिर गयो भन्ने गुनासो आइरहेको थियो । विनियमावलीमा पनि लगानीकर्ताको विरवण आधिकारिक निकायबाट माग भए बाहेक दिन नमिल्ने र गोप्य राख्नुपर्ने व्यवस्था छ,’ उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २१ २०७७११:०८:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend