काठमाडौं – शुक्रबार बिहान महिला लघुवित्तको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ ।
आईजीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आईपीओ बाँडफाँड गरेको छ ।
आईपीओ भरेका १५ लाख ३६ हजार ६८२ आवेदकमध्ये ३७ हजार ५०० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गरिएको छ । कूल योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ आवेदकले रित्तो हात हुनुपरेको छ ।
महिला लघुवित्तको आईपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको भएपनि ३ हजार ३५३ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्दै माघ ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला भएको थियो ।
कम्पनीको आईपीओ परे/नपरेको नतिजा सीडीएसीको मेरो शेयर वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र महिला लघुवित्तको वेबसाइटमा शुक्रबारै केही समयपछि हेर्न सकिने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।