बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्ड नेकपामा ठूलै विद्रोह, केपी ओलीतिर लागिन् यी महिला सांसद !

प्रचण्ड नेकपामा ठूलै विद्रोह, केपी ओलीतिर लागिन् यी महिला सांसद !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 41.7K
    SHARES

  • प्रचण्ड नेकपामा ठूलै विद्रोह, केपी ओलीतिर लागिन् यी महिला सांसद !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर सत्ताको खेल चलिरहेका बेला नेकपा प्रचण्ड–नेपाल पक्षमा ठूलै विद्रोह भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर रहेकी सांसद नै प्रचण्डलाई छाडेर ओलीतिर लागेकी छन् ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा संसद पुनर्स्थापना गरेपछि नेकपाभित्र संसदीय दलमा बहुमत जुटाउने प्रतिस्पर्धा छ । यस्तो बेला १–२ सांसद पनि छाडेर अर्काे पक्षमा जानुलाई अर्थपूर्ण रूपमा हेरिन्छ ।

    नेकपाकी समानुपातिक सांसद गंगा चौधरी सतगौंवाले पार्टी कानूनी रूपमा फुट्ने अवस्था आएमा आफ्नो साथ प्रधानमन्त्री ओलीलाई हुने जनाएकी छन् ।

    नेकपा प्रचण्ड–माधव पक्षमा रहेर पुस ५ गतेको प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर रहेकी चौधरीले फेसबुकमा व्यक्तव्य दिँदै ६५ वर्षमाथिका पूराना नेताको बिदाइ र दोस्रो पुस्ताले पार्टी एकता बचाउन आग्रह समेत गरेकी छन् ।

    चौधरीले पार्टी एकता बचाउन नसकेर पार्टी अन्तिममा फुट्ने अवस्था आउँदा एउटा पक्षलाई साथ दिनुपर्ने र त्यो अवस्थामा आफ्नो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने नेतालाई हुने भन्दै ओली पक्षमा लाग्ने संकेत उनले गरिन् । 

    चौधरीले लेखेकी छन्, ‘कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने, राष्ट्रियताको पक्षमा खरो रूपमा उत्रने, दुबै मित्रराष्ट्रलाई समदूरीमा राख्न सक्ने ल्याकत भएको, जनजीविकाको सवाललाई उच्च प्राथमिकता दिने, राजनीतिक स्थिरताको पक्षधर, मुलुकको विकास र समृद्धिको लागि खरो उत्रने सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रूपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहने छ ।’ 

    चौधरीले सरकार र पार्टीको नेतृत्व गरिसकेका ६५ वर्षमाथिका नेताहरूले संयुक्त वक्तव्यमार्फत स्वेच्छिक रूपमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरी पार्टीको संरक्षक सल्लाहकारको भूमिका रहन आग्रह पनि गरेकी छन् ।

    पछिल्लो समय सांसद चौधरी ओली पक्षका नेताहरूसँग संवादमा रहेकी थिइन् । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रम बहिस्कार गरेका बेला उनी दाङको सिसहनीयामा निर्मित पुलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै देखिएकी थिइन् ।

    चौधरीले आफू पार्टी एकताको पक्षमा रहेको तर आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर अर्को बनाउने र पार्टी फुटाउने अवस्थामा साथ नरहने स्पष्ट पारेकी छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend