बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओली नेकपाभित्र ठूलो विद्रोह, प्रचण्डलाई फाइदा !

केपी ओली नेकपाभित्र ठूलो विद्रोह, प्रचण्डलाई फाइदा !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १६ २०७७

  • 13.4K
    SHARES

  • केपी ओली नेकपाभित्र ठूलो विद्रोह, प्रचण्डलाई फाइदा !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट विद्रोह गर्दै केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ नेकपा प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।

    मियाँले ओलीलाई छाडेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई फाइदा पुगेको छ ।

    नेकपाको झण्डै दुईतिहाइ बहुमतको सरकार हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा संसद विघटन गरेर गल्ती गरेको भन्दै ओली पक्षका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।

    मियाँलाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । मियाँ हज कमिटीका पूर्व अध्यक्ष समेत हुन् । मियाँ मुस्लिम समुदायका अगुवा मानिन्छन् ।

    मियाँले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षमा फर्किनुका कारणबारे खुलासा गरेका छन् ।

    ‘नेकपाको विधान विपरस्त पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रूपमा पूरा गर्ने युगिन जिम्मेवारी पूरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु ।’

    यस्तो छ प्रेस विज्ञप्ति –

    taj.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend