बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डलाई भित्रभित्रै यस्तो डर ! नेकपा उपनेताले गरे खुलासा

प्रचण्डलाई भित्रभित्रै यस्तो डर ! नेकपा उपनेताले गरे खुलासा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 4.9K
    SHARES

  • प्रचण्डलाई भित्रभित्रै यस्तो डर ! नेकपा उपनेताले गरे खुलासा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा फेल हुने भएकाले नेकपा प्रचण्ड–माधव पक्ष डराएको खुलासा गरेका छन् ।

    अविश्वासको प्रस्ताव फेल हुने डर भएकै कारण प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेको नेम्वाङले तर्क गरे ।

    ओली पक्ष निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि १ वर्षसम्म अर्को प्रस्ताव राख्न नपाइने संवैधानिक व्यवस्था रहेको समेत बताएका छन् ।

    संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगिएको सुनेको बताउँदै उपनेता नेम्वाङले भने, ‘मरेको प्रतिनिधिसभा ब्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरू चुइँ बोल्नुहुन्न ।’

    ‘किन नबोलेको भन्दा एउटा त अविश्वासको प्रस्तावको सदस्य संख्या ठीक होइन । अरु बेलाका लागि भनेर गरिएको हस्ताक्षर प्रयोग भयो भनेर प्रश्न उठकै हो,’ नेम्वाङले भने, ‘अर्कोतिर उहाँ कुद्दै कहाँ जानुभयो रे ! त्यो ठाउँबाट तिमीहरूको आन्तरिक मामिलामा हामी किन पर्ने भन्दा अविश्वासको प्रस्तावको बिजोग मात्र होइन, हरिबिजोग ।’

    नेता नेम्वाङले अगाडि थपे, ‘झन् चाँडो निकालौैं भनेको केपी ओली त १ वर्षसम्म छुनै नसकिने भयो । त्यसकारण आज साथीभाइहरूलाई साह्रै अप्ठ्यारो पर्‍यो ।’

    नेम्वाङले संसद पुनर्स्थापनापछि प्रधानमन्त्री ओली झन् बलियो भएका दाबी गरे । ‘संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि सरकार कामचलाउ भयो, महत्त्वपूर्ण निर्णयहरू गर्न पाइँदैन भनियो,’ नेम्वाङले भने, ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनर्स्थापित भयो, उहाँ झन् दह्रो हुनुभयो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend